हाम्रो मिशन

क) परिकल्पना

आर्थिक अनुशासन स्थापित हुनेछ, आन्तरिक नियन्त्रण प्रणाली स्वचालित बन्नेछ, सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धिमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र लेखा उत्तरदायी सार्वजनिक निकायका प्रभावले समष्टिगत आर्थिक स्थायित्व कायम भई भरोसायोग्य अर्थतन्त्रको निर्माण हुनेछ।https://maps.app.goo.gl/V57KZNjgqw7yUdQk6 

लक्ष

   जिल्ला तहमा पारदर्शि, जवाफदेही र कुशल सार्वजनिक वित्तीय व्यवस्थापन सुनिश्चित गरि वितीय अनुशासन कायम गर्ने । जिल्लास्तरका सरकारी निकायहरुलाई स्वीकृत विनियोजित बजेट निकासा/ भुक्तानी सम्बन्धी कार्य गर्ने । दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानीबीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिने, सरकारी रकम कलम खर्च गर्दा वा राजस्व असुल उपर गर्दा कानुनी सल्लाह एवं परामर्श दिने, आन्तरिक लेखापरीक्षण एवं छडके जांच र निरीक्षण गरी वित्तीय अनुशासन र जवाफदेहितामा अभिबृद्धि गर्ने, जिल्लास्तरीय आम्दानी खर्चका एकीकृत मासिक तथा वार्षिक प्रतिवेदनहरु तयार गरी पेश गर्ने । महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्ला स्थित कार्यालयको आर्थिक कारोबारको रेखदेख, निरीक्षण गर्ने, आवश्यक परामर्श दिने ।